मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय राजकुमार दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा टाँडीबाट भरपुर जाँदै गरेको लु प्र.०१-००१ ख ००४५ न.को मिनी ट्रकले भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.३७ प ७०९६ न.को स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिहान साढे ६ बजे नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मिनी ट्रकका चालक रुपन्देहीको गैडहवा गाउँपालिका-७ का ५० वर्षीय रामेश्वर खरवीन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ

काठमाडौँ, २० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ ।  

काठमाडौँ, २० भदौ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका