मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय राजकुमार दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा टाँडीबाट भरपुर जाँदै गरेको लु प्र.०१-००१ ख ००४५ न.को मिनी ट्रकले भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.३७ प ७०९६ न.को स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिहान साढे ६ बजे नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मिनी ट्रकका चालक रुपन्देहीको गैडहवा गाउँपालिका-७ का ५० वर्षीय रामेश्वर खरवीन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

काठमाडौँ, ३१ असोज । नेपालका विभिन्न श्रम सङ्गठनहरुले जलवायु वित्तको मागसहित श्रमिक अधिकारको संरक्षण तथा जोखिममा रहेका समुदायका आवश्यकताहरू सम्बोधन

काठमाडौँ, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा

काठमाडौँ, ३१ असोज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६