इरानमाथि अमेरिकी दबाबमा ईयू पनि सहभागी

एजेन्सी, २० भदौ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियान ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा युरोपेली सङ्घ (ईयु) पनि औपचारिक रूपमा सहभागी भएको बताउनुभएको छ ।

मध्यपूर्वमा द्वन्द्व जारी रहेका बेला इरानमाथि दबाब बढाउन ईयुको सहभागिता महत्त्वपूर्ण भएको उहाँले बताउनुभएको हो । बेसेन्टले ईयुको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई हुने आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ्ने बताएको समाचार संस्था एएनआईले जनाएको छ ।

ईयुले इरानलाई आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको छ ।

इरानमाथि थप आर्थिक दबाबका उपायमा सहकार्य गर्ने भए पनि शान्ति, तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा ईयुको जोड छ । ईयुले इरानमाथि दबाब कायम राख्दै अमेरिका, जी–७ र अन्य अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य जारी राख्ने जनाएको छ ।

यसैबीच इरान र अमेरिकाबीच जारी तनावको बीचमा, दक्षिण कोरियाले हर्मुजको जलडमरूममा आफ्नो सेना पठाउने सम्बन्धमा अहिलेसम्म कुनै निर्णय नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ

काठमाडौँ, २० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ ।  

काठमाडौँ, २० भदौ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका