नाइजेरियामा शङ्कास्पद विषाक्त धुवाँबाट करिब ४० जनाको मृत्यु

एजेन्सी, १९ भदौ । नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाँका कारण बिहीबार बिहान करिब ४० जनाको मृत्यु भएको आशङ्का स्थानीय अधिकारीहरूले गरेका छन् ।

रिभर्स राज्यका प्रहरी प्रवक्ता ब्लेसिङ आगाबेले सिन्ह्वालाई टेलिफोनमार्फत बताए अनुसार घटना ओक्रिका स्थानीय सरकार क्षेत्रको कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक भएको हो ।

पीडितहरूले उच्च मात्रामा खतरनाक ग्यास ह्वासप्रश्वासका क्रममा निलेको आशङ्का गरिएको छ ।

प्रहरी तथा स्थानीय स्वास्थ्य र आपत्कालीन अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन्। केही घाइतेलाई नजिकैको अस्पताल लगेर उपचार गरिएको आगाबेले बताए ।

समुदायका स्रोतहरूलाई उद्धृत गर्दै नाइजेरियाको राष्ट्रिय दैनिक द नेसन पत्रिकाले रिपोर्ट गरे अनुसार बिहीबार बिहान करिब २०० जना युवा स्थानीय रूपमा बनेका डुङ्गाबाट आएर नदीकिनारमा जहाजबाट अवैध रूपमा निकालिएको पेट्रोलियम पदार्थ लोड गर्न पुगेका थिए। लोड गर्ने क्रममा उक्त पट्रोलियम पदार्थबाट निस्केको तीतो धुवाँ हावामा फैलियो र नजिकमा रहेका पीडितहरूले तत्कालै श्वासप्रश्वास गर्न कठिन भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।