‘देखाइदिऊँ’ भन्ने प्रवृत्तिको परिणाम आज भोगिरहेका छौँ : महासचिव पोखरेल

काठमाडौँ, २३ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘देखाइदिऊँ’ भन्ने प्रवृत्तिको परिणाम आज पार्टीले भोगिरहेको टिप्पणी गरेका छन् । 

तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी र आन्दोलन कमजोर हुनुका कारणहरू पहिचान गरी सम्बोधन गर्नु नै अहिलेको मुख्य साङ्गठनिक कार्यभार रहेको उल्लेख गरे । पार्टीलाई वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण अनिवार्य रहेकोमा उनले जोड दिए । निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि जनताको मनोविज्ञान बुझेर अघि बढेमा एमालेले नै वर्तमान चुनौतीको सामना गर्न सक्ने दाबी पोखरेलले गरे ।

महासचिव पोखरेलले भने, ‘केन्द्रीय सचिवालयले शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक रहेको निष्कर्ष निकालेको छ। त्यसका लागि कार्यदल गठन गरिएको छ। तर संस्थागत निर्णय पर्खेर मात्र हुँदैन, आफ्नो ठाउँको सङ्गठन बलियो बनाउन अहिलेबाटै पहलकदमी गर्नुपर्छ। कार्यकर्ता पलायन भएपछि भोलि फर्काउन गाह्रो हुन्छ। प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी-कमजोरी सच्याउँदै अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुदूरपश्चिमबाट चलचित्र विकास बोर्डमा प्रतिनिधित्व गर्ने पहिलो अवसर, दुई दशकभन्दा लामो चलचित्र यात्रा सुदूरपश्चिमको बैतडीमा जन्मिएर चलचित्र क्षेत्रमा आफ्नो पहिचान

काठमाडौँ, २२ साउन । दुबईस्थित चर्चित सामाजिक सञ्जाल कन्टेन्ट क्रिएटर तथा उद्यमी जामजाम ब्रदर्स नेपाल आइपुगेका छन् । जामजाम ब्रदर्सले सामाजिक

काठमाडौँ, २१ साउन । वरिष्ठ अभिनेता राजेश हमालले लोकतन्त्रमा भीडको मानसिकता र नेताहरूको प्रवृत्तिको आलोचना गर्दै नेपाली राजनीतिको वर्तमान अवस्थाबारे

काठमाडौँ, २० साउन । फिल्म ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि नेपालसहित विश्वभरका विभिन्न मुलुकमा एकसाथ