काठमाडौँ, २३ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेनजी आन्दोलनका कारण देशको स्वाधीनता खतरामा परेको बताएका छन् ।
शनिबार आठ दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले देशको स्वाधीनता खतरामा परेका कारण अग्रगामी मोर्चा गठन गरिएको बताए । देशमा सर्वसत्तावाद आएको र यसले अधिनायकवाद जन्माउने बताउँदै उनले जनताले प्राप्त गरेको उपलब्धिमाथि प्रहार भएको उनको भनाइ छ । प्राप्त उपलब्धिको रक्षाका लागि मोर्चा अघि बढेको बताउँदै यादवले संविधान समावेशी बनाउनका लागि मोर्चाले सङ्घर्ष गर्ने बताए ।
यादवले भने, ‘अध्यक्ष यादवले अहिलेको संविधान संशोधन हुन आवश्यक छ । तर सबै दलको सहमति र सहकार्यमा हुनुपर्छ । देशमा न सुशासन छ, न भ्रष्टाचार अन्त्य भएको छ, आर्थिक रूपमा देश जर्जर भयो ।’





