सिटी अटो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

मोरङ, २० असार । मोरङमा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अवस्थामा उक्त सिटी अटो दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा चार जना सवार रहेको र दुर्घटनास्थलमा सबै घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले चारै जना घाइतेलाई उद्धार गरी पठाएको थियो । जसमध्ये गम्भीर घाइते रहेका लेटाङ नगरपालिका–६ का ६० वर्षीय मुनराज लावतीको उपचारका क्रममा एपेक्स अस्पताल, लेटाङमा मृत्यु भएको प्रहरीले बताएको छ ।

यस्तै, घाइतेमा हुनेमा अटो चालक लेटाङ नगरपालिका–६ का ४० वर्षीय वीरबहादुर राई, सोही ठाउँकी २७ वर्षीया शान्ति राई र  लेटाङ नगरपालिका–५ की ५० वर्षीया अनु राई रहेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जनाको एपेक्स अस्पताल, लेटाङमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको