तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, ५ असोज । आज संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

संघीय संसद् सचिवालयका अनुसार, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

बिहान ९:०० बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषिमन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशकलगायतलाई आमन्त्रण गरिएको छ । बैठकमा नार्कअन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायबारे छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १०:०० बजे बस्दै छ । बैठकमा बाढी, पहिरो प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ) मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनर्निर्माणबारे छलफल हुनेछ । पुनर्निर्माणको लागि आवश्यक लगानी व्यवस्थापन तथा विविध विषयमा छलफल हुने छ ।

त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०:०० बजे बस्दै छ । बैठकमा रसुवास्थित भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय तथा विविध विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ

काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशनमा आफू सहभागी नहुने

काठमाडौँ, ४ असाेज । नेकपा (एमाले) को पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आइतबार बस्दै छ । कार्यदलको बैठक आइतबार बिहान