जर्मनीको निर्वाचनमा चान्सलर मर्जको पार्टीको खराब प्रदर्शन

एजेन्सी, ५ असोज । जर्मनीका दुई राज्यमा भएको निर्वाचनमा चान्सलर फ्रेडरिक मर्जको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले धक्का व्यहोरेको छ । बर्लिन र मेक्लेनबर्ग–वेस्टर्न पोमेरेनिया राज्यमा भएको निर्वाचनमा मर्ज नेतृत्वको सेन्टर–राइट पार्टीले खराब प्रदर्शन गरेको हो ।

मेक्लेनबर्ग–वेस्टर्न पोमेरेनियामा उग्र दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) सबैभन्दा ठूलो पार्टी बनेको छ । प्रारम्भिक परिणामअनुसार एएफडीले ३७ प्रतिशतभन्दा बढी मत पाएको छ भने सेन्टर–लेफ्ट सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) करिब ३५.५ प्रतिशत मतसहित दोस्रो स्थानमा छ ।

मर्जको सीडीयूले भने करिब ५ प्रतिशत मत पाएको छ, जुन यस राज्यमा पार्टीको इतिहासकै खराब प्रदर्शन हो र संसदमा प्रवेशका लागि आवश्यक ५ प्रतिशत थ्रेसहोल्डको आसपास हो ।

बर्लिनमा वामपन्थी पार्टी दी लिन्के सबैभन्दा ठूलो पार्टी बनेको छ । प्रारम्भिक परिणामअनुसार दी लिन्केले करिब २५ प्रतिशत मत पाएको छ भने सीडीयू करिब २० प्रतिशतसहित दोस्रो स्थानमा छ । ग्रीन्स पार्टीले करिब १५ प्रतिशत, एएफडीले करिब १६ प्रतिशत र एसपीडीले करिब १२ प्रतिशत मत पाएका छन् ।

यी परिणामले मर्जको नेतृत्वमा रहेको संघीय सरकारमाथिको राजनीतिक दबाब थपिएको बताइएको छ । मर्जको सीडीयू यसअघि पनि सेप्टेम्बरको सुरुआतमा स्याक्सोनी–आनहाल्ट राज्यको निर्वाचनमा एएफडी भन्दा पछि परेको थियो । पछिल्लो निर्वाचन परिणामपछि मर्जले मेक्लेनबर्ग–वेस्टर्न पोमेरेनियामा सीडीयूको प्रदर्शनलाई ‘डिजास्टर’ भनेका छन् ।

उनले भने आफू चान्सलरका रूपमा काम जारी राख्ने र सरकारले अघि सारेका सुधारलाई निरन्तरता दिने बताएका छन् ।

मर्जको लोकप्रियता पनि पछिल्लो समय घटेको छ । पछिल्ला सर्वेक्षणमा उनको अनुमोदनदर करिब १४ प्रतिशतमा झरेको देखिएको छ । सेप्टेम्बर १४ मा सार्वजनिक गरिएको युगोभको राष्ट्रिय मतसर्वेक्षणमा सीडीयू/सीएसयूको समर्थन १८ प्रतिशत तथा एएफडीको २९ प्रतिशत देखिएको थियो ।

शुक्रबार सार्वजनिक युगोभ सर्वेक्षणअनुसार ४८ प्रतिशत जर्मन नागरिकले मर्ज सन् २०२६ को अन्त्यसम्म चान्सलर पदमा नरहने अपेक्षा गरेका छन् भने ३१ प्रतिशतले उनी पदमा कायम रहने बताएका छन् । उक्त सर्वेक्षण सेप्टेम्बर १७ मा १ हजार ६११ जना जर्मन नागरिकबीच गरिएको थियो ।

मर्जले यसै साता आफू चार वर्षका लागि निर्वाचित भएको र यो समय देशका समस्या समाधान गर्न प्रयोग गर्न चाहेको बताएका थिए । उनले सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) सँगको गठबन्धनमार्फत सफलता हासिल गर्न सकिने प्रमाणित गर्नुपर्ने बताएका छन् ।

पछिल्लो निर्वाचन परिणामले भने मर्ज नेतृत्वको सीडीयू र एसपीडी सम्मिलित गठबन्धन सरकारका लागि थप राजनीतिक चुनौती सिर्जना गरेको छ । साथै, जर्मनीको संघीय राजनीतिमा एएफडीको बढ्दो समर्थन र परम्परागत दलहरूको कमजोर प्रदर्शनलाई लिएर बहस थप तीव्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, ४ असाेज । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका