काठमाडौँ, ५ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ ।
ललितपुरको रामबाग महल भनिमण्डलमा बस्ने बैठक तीन दिनसम्म जारी रहनेछ । यसअघि आइतबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवालीले तयार पारेर एकीकृत गरिएको प्रतिवेदन स्वीकार गरेको हो ।
आजबाट बस्ने केन्द्रीय कमिटी बैठकमा कार्यदलको प्रतिवेदनसँगै पार्टीको वर्तमान राजनीतिक अवस्था, पार्टीको संगठनात्मक विषय तथा आगामी कार्यदिशा लगायत विषयमा छलफल हुने बताइएको छ ।





