एक हजारबढी छात्रालाई एचपिभी खोप लगाइँदै

काठमाडौँ, ५ असोज । जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एक हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका अनुसार जिल्लाभर सोमबार र मङ्गलबार खोप कार्यक्रम सञ्चालन हुनेछ । जिल्लाका ८४ वटा विद्यालयमा खोप केन्द्र कायम गरिएको छ ।

जसअनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई उक्त खोप दिइनेछ । जिल्लाका आठ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा २४९, तातोपानी गाउँपालिकामा १८९, गुठीचौरमा ११५, पातारासीमा १९६ जनालाई एचपिभी खोप दिइनेछ । त्यसैगरी, तिला गाउँपालिकामा १४७, हिमामा १२०, सिञ्जामा ११८ र कनकासुन्दरीमा १२३ छात्रालाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरणकुमार शर्माले जानकारी दिनुभयो । खोप कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन् । प्रहरीका अनुसार मोरङको विराटनगर

काठमाडौँ, ८ कार्तिक । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ