एक हजारबढी छात्रालाई एचपिभी खोप लगाइँदै

काठमाडौँ, ५ असोज । जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एक हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका अनुसार जिल्लाभर सोमबार र मङ्गलबार खोप कार्यक्रम सञ्चालन हुनेछ । जिल्लाका ८४ वटा विद्यालयमा खोप केन्द्र कायम गरिएको छ ।

जसअनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई उक्त खोप दिइनेछ । जिल्लाका आठ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा २४९, तातोपानी गाउँपालिकामा १८९, गुठीचौरमा ११५, पातारासीमा १९६ जनालाई एचपिभी खोप दिइनेछ । त्यसैगरी, तिला गाउँपालिकामा १४७, हिमामा १२०, सिञ्जामा ११८ र कनकासुन्दरीमा १२३ छात्रालाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरणकुमार शर्माले जानकारी दिनुभयो । खोप कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २१ सय रुपैयाँले

काठमाडौँ, ४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate