ब्राउन सुगरसहित पाँच जना पक्राउ

काठमाडौँ, ५ असोज । कैलालीमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबाार धनगढी र जानकी गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

जानकी गाउँपालिका–८ भोक्सीबाट १ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित जोशीपुर गाउँपालिका–३ का ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।

यस्तै, धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ४६० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी–१ बसन्त टोलका २१ वर्षीय असिम चौधरीसमेत रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पाँचै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,