ब्राउन सुगरसहित पाँच जना पक्राउ

काठमाडौँ, ५ असोज । कैलालीमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबाार धनगढी र जानकी गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

जानकी गाउँपालिका–८ भोक्सीबाट १ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित जोशीपुर गाउँपालिका–३ का ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।

यस्तै, धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ४६० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी–१ बसन्त टोलका २१ वर्षीय असिम चौधरीसमेत रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पाँचै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २१ सय रुपैयाँले

काठमाडौँ, ४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate