काठमाडौँ, ४ असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २१ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





