ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, ९ असार । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ बस्ने बाराको निजगढ नगरपालिका-१३ का ४९ वर्षीय सुरेश गिरी र ललितपुरको महालक्ष्मी नगरपालिका-१ बस्ने संखुवासभाको चैनपुर नगरपालिका-३ का ७० वर्षीय वीरबहादुर श्रेष्ठ रहेका छन्।

पक्राउ परेकाहरूमध्ये सुरेशले टर्की पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख ९० हजार रुपैयाँ र वीरबहादुरले बेलायत पठाइदिन्छु भन्दै अर्का एक जना पीडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । रकम बुझाएर ठगिएपछि पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले सुरेशलाई काठमाडौँ महानगरपालिका-१२ बाट र वीरबहादुरलाई ललितपुरको महालक्ष्मी नगरपालिका-१ बाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले

काठमाडौँ, १३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले

काठमाडौँ, ११ साउन । अर्जेन्टिनाका कप्तान तथा इन्टर मियामीका स्टार फरवार्ड लियोनेल मेसी यही बुधबार नर्थ क्यारोलिनाको चार्लोटमा हुने एमएलएस अलस्टार

काठमाडौँ, ८ साउन । आउँदो असोजमा जापानमा हुने २० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको