सन्दीप बने पुनः नेपाली क्रिकेट टोलीको कप्तान

काठमाडौँ, २५ साउन । सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान बनेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीयको कप्तान बनाएको घोषणा गरेको छ । 

सन्दीप सन् २०२२ पछि पुनः नेपाली टोलीका कप्तान बनेका हुन् । उनले २०२२ को अगस्ट ३० मा पछिल्लो पटक नेपालका लागि कप्तानी गरेका थिए । केन्या भ्रमणमा केन्यासँग ५ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज लागेका थिए ।

तर केन्याबाट वेस्ट इन्डिज नपुग्दै सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानीबाट हटाएको थियो । त्यसपछि रोहितले नेपालको कप्तानी गर्दै आएका थिए । फेब्रुअरीमा भारतमा भएको ट्वान्टी–२० विश्वकपपछि रोहितको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई नेपालको ट्वान्टी–२० कप्तान बनाइएको थियो । 

दीपेन्द्र ट्वान्टी–२० को कप्तानमा यथावत् रहने छन् भने सन्दीपले एकदिवसीयमा नेपालको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।