४९ किलोभन्दा बढी गाँजा बरामद

काठमाडौँ, २९ साउन । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडरक्वार्टर सिरहाले औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीका अनुसार आज बिहान नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेट बीआर ३२ एम ३०५७ को मोटरसाइकललाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई देखेपछि मोटरसाइकल चालकले सवारी छाडेर फरार भएको र त्यसपछि मोटरसाइकलमा रहेको बोरा जाँच गर्दा ४९ किलो ७६० ग्राम गाँजा फेला परेको हो ।

सशस्त्र प्रहरीले बरामद गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ । फरार भएका मोटरसाइकल चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको