२० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने

काठमाडौँ, ८ साउन । आउँदो असोजमा जापानमा हुने २० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ ।

हिजो सार्वजनिक समूह विभाजनअनुसार नेपाल समूह ‘ए’मा परेको हो । समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् । भारत, पाकिस्तान, श्रीलंका र बंगालदेशले सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

 नेपाल छनोटका च्याम्पियनका हैसियतले एसियाली खेलकुदमा सहभागिता जनाउँदै छ । गएको महिना सिंगापुरमा सम्पन्न छनोटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।

 नेपालले पहिलोपटक एसिया खेलकुदको क्रिकेटमा सहभागिता जनाउँदै छ । छनोट चरण पार गर्न नसक्दा नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा देखिने छैन । प्रतियोगिता आउँदो असोजमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ । निर्मल

काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ