टी-२०आई अलराउन्डर वरियतामा दीपेन्द्र तेस्रो स्थानमा उक्लिए

काठमाडौँ, १३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी आज अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट तेस्रो स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ ।

नेपाली पुरुष टोलीले पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्र भन्दा माथि रहेका हार्दिकको वरियता खस्केकाले उनी माथि उक्लिएका हुन् । हार्दिक पनि खेल भने खेलेका छैनन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२० छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र