परिसूचक नेप्से घट्यो

काठमाडौँ, २९ साउन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ७.३७ अंक घटेको छ ।

नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन शुक्रबारको गिरावटपछि नेप्से सूचक २६४३.८३ अंकमा कायम भएको छ ।

बिहीबार नेप्से सूचक ८.८१ अंक बढेको थियो । आज १ सय १ कम्पनीको मूल्य बढेको छ भने १ सय ६४ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकममा भने सुधार आएको छ ।

बिहीबार ३ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबै समूहगत सूचक उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.३३, फाइनान्स ०.७३, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.३४, लगानी ०.९२, उत्पादन तथा प्रशोधन ०.३८, निर्जीवन बीमा ०.४३ तथा व्यापार २.५७ प्रतिशत घटेको छ । तर, शुक्रबार जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.२८, सामूहिक लगानी कोष ०.२४ र अन्य समूह ०.४४ प्रतिशत बढेको छ ।

हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा खानीखोला हाइड्रो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ७.३७ अंक घटेको छ । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन शुक्रबारको गिरावटपछि

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडरक्वार्टर सिरहाले औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम प्रतिबन्धित

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २