चट्याङ लागेर एक जनाको मृत्यु

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले

काठमाडौँ, १३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले

काठमाडौँ, ११ साउन । अर्जेन्टिनाका कप्तान तथा इन्टर मियामीका स्टार फरवार्ड लियोनेल मेसी यही बुधबार नर्थ क्यारोलिनाको चार्लोटमा हुने एमएलएस अलस्टार

काठमाडौँ, ८ साउन । आउँदो असोजमा जापानमा हुने २० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको