आज सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौँ, ११ जेठ । आज सेयर बजार दोहोरो अंकले बढेको छ ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार १६.३८ अंक बढेको सेयर बजार यो साताको पहिलो दिन सोमबार २७.८५ अंकले बढेको छ । 

यसदिन सेयर एक प्रतिशतले वृद्धि हुँदा नेप्से परिसूचक २७८६.३५ विन्दुमा पुगेर बन्द भएको छ । पहिलो दिन कुल कारोबार रकम पनि अघिल्लो दिनको कारोबारको तुलनामा बढेको छ  । 

आज पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँबराबरको एक करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच भयो । यो ७५ हजार ८५६ पटक भएको कारोबारबाट भएको हो । गत शुक्रबार चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । 

बजार उत्साहजनक रूपमा बढ्दा ३४२ कम्पनीको कारोबार भयो । जसमध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ । २८ कम्पनीको सेयर मूल्य घट्दा सात कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यसदिन सबैभन्दा बढी कमाउने पाँच कम्पनीमा थ्री स्टार हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, उपर हेवाखोला हाइड्रोपावर, माया खोला हाइड्रोपावर, रिज लाइन इनर्जी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारको आग्रहपछि अमेरिकाले इरानमाथिका पुनः सुरु भएका हवाई आक्रमण अस्थायी रूपमा

एजेन्सी, ११ साउन । डीआर कंगोमा इबोला सङ्क्रमितको सङ्ख्या ३,२०० पुगेको छ भने कम्तीमा १,४०५ जनाको मृत्यु भइसकेको छ । मे

एजेन्सी, ११ साउन । स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ । इरानी समाचार संस्थाका अनुसार

एजेन्सी, १० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।