इरानमाथिको हवाई आक्रमण रोक्न ट्रम्पको सेनालाई निर्देशन 

एजेन्सी, १० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

लगातार १३ दिनसम्म आक्रमण भएपछि ट्रम्पले इरानमाथि थप हमला गर्ने योजना स्थगित गरेको ती सञ्चारमाध्यमको दाबी छ।

द न्युयोर्क टाइम्सले ट्रम्प प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै युद्ध थप चर्काउँदा मध्यपूर्वमा अमेरिकी सेनासँग रहेका प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका अवरोधक मिसाइल तथा अन्य हवाई प्रतिरक्षा हतियारको मौज्दात खतरनाक रूपमा घट्न सक्ने चिन्ताका कारण राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेको जनाएको छ।

समाचारअनुसार शुक्रबार ट्रम्प, उनका प्रमुख सल्लाहकार तथा मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूबीच भएको बैठकपछि उक्त निर्णय गरिएको हो।

यता एक्सियोसले निर्णयबारे जानकार दुई  स्रोतलाई उद्धृत गर्दै ट्रम्पको आक्रमण रोक्ने आदेश अस्थायी हो वा लामो समयसम्म कायम रहने हो भन्ने अझै स्पष्ट नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै