इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी 

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारको आग्रहपछि अमेरिकाले इरानमाथिका पुनः सुरु भएका हवाई आक्रमण अस्थायी रूपमा रोकेको बताएका छन् ।

उनले दुवै पक्षबिच नयाँ युद्धविराम सम्झौता हुन नसके आक्रमण फेरि सुरु गरिने चेतावनी पनि दिएका छन् । तर इरानको विदेश मन्त्रालयले अमेरिकासँग कुनै वार्ता नभइरहेको स्पष्ट पार्दै तेहरानले ‘युद्ध र शान्तिको समय अमेरिकालाई निर्धारण गर्न दिने छैन’ भन्ने स्पष्ट पारेको छ ।

यसैबिच, युद्धविरामको अनिश्चितताबीच साउदी अरेबियाको रक्षा मन्त्रालयले इराकस्थित इरान समर्थित मिलिसियाले प्रहार गरेका तेल पूर्वाधार लक्षित केही ड्रोनहरू खसालिएको जनाएको छ । घटनाले मध्यपूर्वमा तनाव अझै कायम रहेको संकेत दिएको छ ।

तनावका बिच विश्व बजारमा कच्चा तेलको मूल्य भने घटेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ६.७ प्रतिशतले घटेर प्रतिव्यारेल ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ । बाब अल-मन्देब र होर्मुज जलडमरूमध्यबाट हुने जहाज आवतजावत पनि सप्ताहन्तमा घटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for