नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

काठमाडौँ, १२ साउन । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ। 

आजदेखि लागू भएको यस अफरअन्तर्गत कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो ।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका आकर्षक प्याकहरू उपलब्ध गराइएको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २० जिबी डेटा प्याक ९९ रुपैयाँदेखि १९९ रुपैयाँसम्ममा उपलब्ध गराइएको छ। 

यसैगरी धेरै डेटा चलाउने प्रिपेड ग्राहकलाई लक्षित गर्दै १ हजार ४९९ रुपैयाँमा ५०० जिबी डेटा र ३५० मिनेट अल-नेट कलको विशेष सुविधा पनि थपिएको छ । यस पटकको अफरमा टेलिकमले हाल सञ्चालनमा रहेको १५ रुपैयाँको ‘नमस्ते क्रेडिट’ (सापटी) सेवालाई परिमार्जन गर्दै ३० रुपैयाँ पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १५ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।