सभामुख अर्याल र नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौँ, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।

आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मध्याह्न भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो ।

भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै देशमा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए। साथै, पाँचथरसहित देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन संसद् र सरकार दुवैले गम्भीरतापूर्वक पहल गर्नुपर्ने विषय पनि उनले उठाएका थिए।

त्यसैगरी, नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको घटनाप्रति पनि आङ्देम्बेले सभामुखको ध्यानाकर्षण गराएका थिए। स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य सेवा नियमित सञ्चालन हुने वातावरण बनाउन आवश्यक पहल गर्न उनले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई