डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो

एजेन्सी, ११ साउन । डीआर कंगोमा इबोला सङ्क्रमितको सङ्ख्या ३,२०० पुगेको छ भने कम्तीमा १,४०५ जनाको मृत्यु भइसकेको छ ।

मे १५ मा घोषणा गरिएको यो प्रकोप बन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो, जसका लागि हालसम्म स्वीकृत खोप वा उपचार उपलब्ध छैन। पछिल्लो १० दिनमै करिब १,००० नयाँ सङ्क्रमित थपिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार करिब ९० प्रतिशत सङ्क्रमित उत्तरपूर्वी इटुरी प्रान्तमा रहेका छन्। सङ्क्रमण हाल पाँच वटा प्रान्तमा फैलिसकेको छ। स्वास्थ्यकर्मीहरूको तलब विवादका कारण भएको हडतालले पनि नियन्त्रण प्रयास प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

यसैबिच, अक्सफोर्ड विश्वविद्यालयले बन्डिबुग्यो प्रजातिविरुद्ध विकास गरिएको प्रयोगात्मक खोपको पहिलो चरणको परीक्षण स्वयंसेवकमा सुरु गरेको जनाएको छ। वैज्ञानिकहरूले सम्भावित खोप र उपचारको विकासलाई तीव्रता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू