प्रधानन्यायाधीशमा डा शर्माको नाम अनुमोदन

काठमाडौँ, ५ जेठ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा मनोज कुमार शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

मंगलबार बसेको समिति बैठकमा शर्माको संसदीय सुनुवाइ प्रक्रिया पूरा भएसँगै उनको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत रुपमा अनुमोदित भएको हो । शर्मा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएसँगै अब राष्ट्रपतिबाट शपथ लिएर सर्वोच्चको कुर्सी सम्हाल्न जानेछन् । प्रधानन्यायाधीशको रुपमा शर्माले ६ वर्ष काम गर्नेछन् । अर्थात शर्मा २०८९ वैशाखसम्म सर्वोच्चको नेतृत्वमा हुनेछन् । 

शर्माले नेपाल ल क्याम्पस, काठमाडौँबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन् । उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुईवटा अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा

काठमाडौँ, ५ जेठ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी/जोखिमयुक्त बस्ती हटाउँदा विस्तापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट २५ हजार

वीरगञ्ज, ५ जेठ । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । सोमबार राति वीरगञ्जस्थित होटल

काठमाडौँ, ५ जेठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको