विस्थापित सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय

काठमाडौँ, ५ जेठ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी/जोखिमयुक्त बस्ती हटाउँदा विस्तापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापना खर्चबापत सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनले भने, ‘काठमाडौं उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्चबापत रु २५ हजार एकमुष्ट रुपमा प्रदान गर्ने ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुईवटा अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा

काठमाडौँ, ५ जेठ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी/जोखिमयुक्त बस्ती हटाउँदा विस्तापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट २५ हजार

वीरगञ्ज, ५ जेठ । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । सोमबार राति वीरगञ्जस्थित होटल

काठमाडौँ, ५ जेठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको