हारलाई सङ्कल्पमा बदल्नुपर्छ : महासचिव पोखरेल

काठमाडौँ, २९ बैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, सङ्कल्पमा बदल्नुपर्ने बताएका छन् ।

जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले नियमित रूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा स्मृति दिवस मनाउँदै आएको उल्लेख गर्दै यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको जानकारी दिए ।

“निर्वाचनमा हारको पीडा नभए माथि उठ्न सकिँदैन” भन्दै उनले हारलाई निराशामा बदल्न नदिन पार्टी कमिटी र जनसंगठनहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिए ।

उनले भने, “हरेकले फेरि जित्छन्, त्यसका लागि सङ्कल्प आवश्यक छ,” । उनले पछिल्लो निर्वाचन कुनै एक दलको मात्र हार नभई मुलधारका राजनीतिक शक्तिहरूका लागि चुनौती भएको टिप्पणी गरे। “यो नेपालका मूलधार दलहरूको पनि चुनौती हो,” उनले भने ।

पोखरेलले पार्टी जीवनमा विभिन्न तरंग र चिन्ता स्वाभाविक हुने उल्लेख गर्दै पार्टी कमिटी र जनसंगठनहरूलाई नियमित गतिविधिमा केन्द्रित हुन आग्रह गरे। उनले निराशालाई आशामा बदल्ने जिम्मेवारी संगठनको भएको स्पष्ट पारे ।

उनले पार्टीभित्रका विषय बाहिर छलफल गर्दा समाधानभन्दा बढी निराशा बढ्ने भन्दै आवश्यक सुझावहरू पार्टी संरचना भित्रै दिनुपर्ने बताए। कार्यक्रममार्फत जाने सन्देश महत्वपूर्ण हुने भएकाले सबै तहका संगठनलाई रचनात्मक गतिविधिमा केन्द्रित हुन निर्देशन समेत दिए। बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयोजक भानुभक्त ढकाल, पार्टी सचिव तथा राजधानी विशेष प्रदेश इन्चार्ज डा. राजन भट्टराई, विभिन्न जनसंगठनका अध्यक्षहरू, राजधानीका पार्टी कमिटी तथा सम्पर्क कमिटीका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारको आग्रहपछि अमेरिकाले इरानमाथिका पुनः सुरु भएका हवाई आक्रमण अस्थायी रूपमा

एजेन्सी, ११ साउन । डीआर कंगोमा इबोला सङ्क्रमितको सङ्ख्या ३,२०० पुगेको छ भने कम्तीमा १,४०५ जनाको मृत्यु भइसकेको छ । मे

एजेन्सी, ११ साउन । स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ । इरानी समाचार संस्थाका अनुसार

एजेन्सी, १० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।