पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला

काठमाडौँ, ९ बैशाख । कञ्चनपुरको महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले आज दिउँसो उनको शव फेला पारेको हो । भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा मंगलबार साँझ पौडी खेल्ने क्रममा अछामको साँफेबगर नगरपालिका–९ बुढाकोटका २५ वर्षीय मनिष कुँवर बेपत्ता भएका थिए ।

उनलाई सशस्त्र प्रहरीको नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको गोताखोर टोलीले खोजी गर्ने क्रममा फेला पारेको हो । कुँवर सुदूरपश्चिम विश्वविद्यालयको कानुन सङ्कायमा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । मंगलबार साँझ साथीहरूसँगै नदीमा पौडी खेल्न गएका उनी अचानक डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भए लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली खोजी कार्यमा जुटेको थियो । हिजो साँझदेखि नै खोजी कार्य जारी राखिएकोमा आज गोताखोर टोलीले उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ

दोहा, २८ असार । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा

एजेन्सी, २८ असार । इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ । यो घोषणापछि अमेरिकाले इरानमाथि