पदभन्दा नैतिकता रोज्नु ठुलो कुरा हो : प्रियंका कार्की

काठमाडौँ, ९ बैशाख । अभिनेत्री प्रियंका कार्की गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङको पक्षमा उभिएकी छन् ।

गुरुङले पदभन्दा नैतिकतालाई रोजेको भन्दै समर्थन गरेकी हुन् । आज  सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै प्रियंकाले कठिन समयमा पनि विचलित नभई नैतिकताको बाटो रोज्नु प्रशंसनीय भएको बताएकी छिन्।

मिडिया ट्रायलले दबाब सिर्जना गरेको उल्लेख गर्दै उनले लेखेकी छिन्, ‘सधैँ राम्रो काम गर्ने मान्छेले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले यो बारम्बार देखाएको छ ।’ 

उनले लागेका आरोपहरूको निष्पक्ष र गहिरो छानबिन गरी सत्य उजागर हुनुपर्ने माग समेत गरेकी छिन्। सुदनको क्षमता को प्रशंसा गर्दै प्रियंकाले यो अवस्था अन्त्य नभएर एउटा नयाँ सुरुवात भएको बताएकी छिन् ।

‘म विश्वस्त छु, तपाईं यो लडाइँ जितेर अझ शक्तिशाली भएर फर्किनुहुनेछ। नेपालले अझै तपाईंभित्रको शक्ति र भिजन देख्न बाँकी छ, किनकि नेपाललाई तपाईंको खाँचो छ,’ उनले उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित