काठमाडौँ, ३ बैशाख । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामा प्रश्न उठाउँदै पेस भएको रिटमा प्रशासनिक आदेशबाट भएको दरपीठको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बिहीबार (चैत ३) रिट दर्ता अस्वीकार गर्ने गरी यसअघि रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपीठ आदेश सदर गर्ने निर्णय गरेको हो । दरपीठ आदेशविरुद्ध अधिवक्ता माधव बस्नेतले गत चैत ३० गते भिन्नै निवेदन दिएका थिए ।
बस्नेतले दरपीठ आदेशलाई ‘बेरित’को दाबी गर्दै बदर गर्न माग गरेका थिए । अधिवक्ता बस्नेतले महान्यायाधिवक्ता डा. कंडेलको कानुन व्यवसायीका रूपमा निरन्तरताको योग्यता नपुग्ने दाबी गर्दै ‘अधिकारपृच्छा’ आदेशमार्फत पदमुक्त गर्न माग गरेका थिए ।
संविधानतः सर्वोच्च अदालतका न्यायाधीशसरह रहने महान्यायाधिवक्ता पदका लागि कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने सर्त तोकिएको छ ।






