सिंहदरबारभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न गृहको निर्देशन

काठमाडौँ, २५ जेठ । गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न निर्देशन दिएको छ ।

सिंहदरबार परिसरलाई अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनका लागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाउन महानगरीय प्रहरी सुरक्षा गण, सिंहदरबारलाई गृह मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सिंहदरबारभित्र निर्मित कतिपय संरचना अपाङ्गतामैत्री  छैनन् । परिसरभित्रै अस्तव्यस्त पार्किङ भएपछि केही साताअघि मात्रै ट्राफिक प्रहरीको नियमितटोली तैनाथ गर्ने निर्णय गरिएको थियो । सिंहदरबारमा  कार्यरत कर्मचारीदेखि आगन्तुकका लागिसमेत पार्किङ बनाउन सकिएको छैन । जसका कारण पार्किङमा समस्या देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको