सिंहदरबारभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न गृहको निर्देशन

काठमाडौँ, २५ जेठ । गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न निर्देशन दिएको छ ।

सिंहदरबार परिसरलाई अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनका लागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाउन महानगरीय प्रहरी सुरक्षा गण, सिंहदरबारलाई गृह मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सिंहदरबारभित्र निर्मित कतिपय संरचना अपाङ्गतामैत्री  छैनन् । परिसरभित्रै अस्तव्यस्त पार्किङ भएपछि केही साताअघि मात्रै ट्राफिक प्रहरीको नियमितटोली तैनाथ गर्ने निर्णय गरिएको थियो । सिंहदरबारमा  कार्यरत कर्मचारीदेखि आगन्तुकका लागिसमेत पार्किङ बनाउन सकिएको छैन । जसका कारण पार्किङमा समस्या देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘आवेदनदेखि निर्णय सम्म सबै अनलाइनबाटै’ काठमाडौँ, १६ असार । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण

काठमाडौँ, १६ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका निम्ति व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश

भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकाका-८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन् ।  आज  काठमाडौँमा आयोजित