हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ, १२ जेठ । भोजपुर र पर्सामा हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ उनीहरू पक्राउ परेका हुन् ।  प्रहरीका अनुसार भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी बस्ने ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणिप्रसाद राई पक्राउ परेका छन् । 

बाख्राले बाली खाएको विषयमा विवाद हुँदा मणिप्रसादले बन्दुक प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । त्यस्तै पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ प्रसौनी टोल बस्ने २२ वर्षीय सुवास हजरा दुसादलाई पनि प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी