काठमाडौँमा वायु प्रदूषण उच्च

काठमाडौँ, २९ चैत । दुई सातायता बढ्दै गएको वायु प्रदूषण काठमाडौँमा आज पनि उच्च छ ।

वातावरण विभागको प्रदूषण मापक सूचकांकले बुधबारभन्दा बिहीबार प्रदूषण बढेको देखाएको छ । बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रदूषणको मात्रा एयर क्वालिटी इन्डेक्स १५१ देखि १६६ सम्म थियो । आज बिहान यो इन्डेक्स १९० पुगेको छ । आज बिहान ११ बजे खुमलटारमा वायु प्रदूषणको स्तर एक्यूआई १९० पुगेको विभागले जनाएको छ । रत्नपार्कमा सो स्तर १७१ र कीर्तिपुरमा १६८ पुगेको छ ।

वायुको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको बिहीबार बिहान ११ः४५ बजेको रेकर्डअनुसार विश्वका १२२ मध्ये काठमाडौँ दोस्रो प्रदूषित सहरमा सूचीकृत भएको छ । पहिलो प्रदूषित सहरका रूपमा भारतको कोलाता छ, त्यहाँ प्रदूषणको मात्रा २०३ यूएस एक्यूआई पुगेको आईक्यू एयरको रेकर्ड छ । एक्यूआई शून्यदेखि ५० सम्म रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० सम्म भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्मको वायुले श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ ।

यस्तै, १५१ देखि २०० सम्म एक्यूआई पुगेमा सबैका निम्ति अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जाने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १६ बैशाख । सरकारले पुनः यातायात भाडा बढाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका तथा मालवाहक

काठमाडौँ, १६ बैशाख । हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १६ बैशाख । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै