रास्वपाका सांसदलाई कागजातमा ‘माननीय’ सम्बोधन नगर्न निर्देशन

काठमाडौँ, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई  सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएको छ ।

साथै उनीहरूलाई आफ्नो कुनै कागजातमा ‘माननीय’ सम्बोधन नगर्न पनि निर्देशन दिएको छ । आज  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा निर्देशन दिइएको प्रवक्ता मनिष झाले जनाएका छन् । 

रास्वपाले सांसदहरूले धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न तथा सकेजति सल्लाह र सुझाव लिन सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत

काठमाडौँ, १६ बैशाख । सरकारले पुनः यातायात भाडा बढाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका तथा मालवाहक

काठमाडौँ, १६ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार रुपैयाँले