काठमाडौँ महानगरको १४ औँ नगरसभा स्थगित

काठमाडौँ, २५ पौष । काठमाडौँ महानगरपालिकाको १४ औँ नगरसभा अन्तिम समयमा आएर स्थगित भएको छ ।

२६ औँ कार्यपालिका बैठकको निर्णय अनुसार आजबाट नगरसभा बैठक सुरु हुने थियो । तर, अन्तिम समयमा आएर स्थगन भएको हो । मेयर बालेन शाहका स्वकीय सचिव भुपदेप शाहले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको बताए । बजेट तर्जुमा समितिबाट नगरसभा बैठकबारे प्रस्ताव आउँछ । समितिबाट बैठकबारे प्रस्ताव सचिवालयमा आएपछि सचिवालयले नगरसभाको मिति तय गर्ने उनको भनाइ छ ।

काठमाडौँ महानगरले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । आफ्नो छोरीलाई करारमा जागिर खुवाउन लागेको भन्दै मेयर शाहले तीन जना कर्मचारीलाई निलम्बन गरेका हुन् । उक्त विषयले यति बेला महानगरमा विवाद चर्किएको छ । मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाएको छ ।

निलम्बनमा परेका तीन कर्मचारीका बारेमा छानबिन गर्न महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन शाखाका अधिकृत प्रवीण प्याकुरेल सदस्य रहेको समिति बनेको छ । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर साहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको थियो । उक्त विषयले विवाद देखिएपछि नगरसभा बैठक स्थगित गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै

काठमाडौँ, २ असोज । फिल्म ‘बखत्ते’ को शुभ मुहूर्त गरिएको छ । ‘बखत्ते’को आज ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभ मुहूर्त