काठमाडौँ, २ असोज । फिल्म ‘बखत्ते’ को शुभ मुहूर्त गरिएको छ ।
‘बखत्ते’को आज ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभ मुहूर्त गरिएको हो । फिल्म आशिष तामाङ र प्रदीपजी धामीले निर्माण गर्न लागेका हुन् ।
आन्भी फिल्मसको प्रस्तुति र कबड्डी फिल्म्सको सहयकार्यमा बन्ने उपेन्द्र सुब्बाले निर्देशन गर्ने भएका छन् । फिल्ममा उनैको लेखन रहेको छ
फिल्ममा विपिन कार्की र मिरुना मगर छन् । यस्तै, यस सिनेमामा शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामा लगायतको अभिनय रहनेछ ।






