फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ ।

यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

निर्माण कम्पनी बाँसुरी फिल्म्सले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्मलाई ६ कात्तिक (२३ अक्टोबर)मा रिलिज गर्ने घोषणा गरेको हो । पोस्टरमा शीर्ष तीन कलाकार दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई देख्न सकिन्छ ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’को शीर्षक राखिएको छ- ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच ।’ फिल्मलाई सेभेन सिज इन्टरनेसनलले विश्वब्यापी वितरण गर्दैछ । फिल्ममा विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङदेल, माओत्से गुरुङ, कमलमणी नेपाल, विष्णु मोक्तान लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र