निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशित

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

आयोगले नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्नका लागि असोज १२ गतेसम्म समयसीमा निर्धारण गरेको छ ।

सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा गत भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताहरूको विवरण समावेश गरिएको छ । नामावलीमा नाम, थर वा जन्ममितिमा कुनै त्रुटि भए मतदाताले आयोगको वेबसाइटमार्फत अनलाइन नै सच्याउन निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ । 

आयोगले हाल दुई विधिमार्फत मतदाता नामावली संकलन तथा अद्यावधिक गरिरहेको छ । राष्ट्रिय परिचयपत्र (एनआईडी)मा आवद्ध भइसकेका मतदाताहरूले अनलाइन प्रणालीमार्फत नै आफ्नो तस्बिर तथा बायोमेट्रिक्स विवरण पेस गर्न सक्छन् । 

परिचयपत्रमा आबद्ध नभएकाहरूले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,

काठमाडौँ, ५ असोज । प्रभु बैंक लिमिटेडले विदेशमा काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि

काठमाडौँ, ५ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार