‘आबाट आमा २’ को टिजर सार्वजनिक

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक फिल्मको सार्वजनिक टिजरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पार्छ ।

टिजरमा दशैंको परिवेश र पारिवारिक संवेदनालाई चित्रण गरिएको छ । विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मले आमा छोराबीचको कथालाई अगाडि बढाएको छ ।

टिजरमा तीन जना कलाकारालाई चित्रण गरिएको छ । ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ लाई मुख्य विषयवस्तु बनाएको यो फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडा लगायतको मुख्य भूमिका रहनेछ ।

चन्द्र पन्तको पटकथा तथा निर्देशनमा बनेको फिल्ममा संवाद लेखन रोशन भट्टले गरेका हुन् । कार्यकारी निर्माता करण सिंह हुन् ।

https://www.youtube.com/watch?v=lP5cfVuGONE

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका

काठमाडौँ, ६ असोज । लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार केशव देवकोटा र

काठमाडौँ, ६ असोज । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल

काठमाडौँ, ६ असोज । जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार