‘आबाट आमा २’ को टिजर सार्वजनिक

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक फिल्मको सार्वजनिक टिजरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पार्छ ।

टिजरमा दशैंको परिवेश र पारिवारिक संवेदनालाई चित्रण गरिएको छ । विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मले आमा छोराबीचको कथालाई अगाडि बढाएको छ ।

टिजरमा तीन जना कलाकारालाई चित्रण गरिएको छ । ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ लाई मुख्य विषयवस्तु बनाएको यो फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडा लगायतको मुख्य भूमिका रहनेछ ।

चन्द्र पन्तको पटकथा तथा निर्देशनमा बनेको फिल्ममा संवाद लेखन रोशन भट्टले गरेका हुन् । कार्यकारी निर्माता करण सिंह हुन् ।

https://www.youtube.com/watch?v=lP5cfVuGONE

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी