शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्प गरौं : सभापति देउवा

काठमाडौँ, १६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गरेका छन् ।

शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले समान हक, अवसर र न्याय तथा सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेको उल्लेख गर्नुरेका छन् । सभापति देउवाले नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छन् ।

विसं १९९७ देखि २०६२/६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइरहेको उनले उल्लेख गरे ।

सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ। स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी