दाउरा हानेर आमाको हत्या

पाल्पा, ११ मंसिर । प्रहरीले दाउरा हानेर आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ ।

उनले ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

उनलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आजदेखि लागु हुने गरी अन्डाको

काठमाडौँ, २८ बैशाख । नेपाल टेलिकमले नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने सुविधा सुरु गरेको छ । योसँगै अब नयाँ

काठमाडौँ, २८ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना

काठमाडौँ, २८ बैशाख । सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी