आलुको मूल्य बढ्यो

काठमाडौँ, ११ जेठ । आज बजारमा आलुको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आलुको मूल्य बढेको हो ।

अहिले बजारमा रातो आलु लाम्चो र गोलो गरी दुई थरी किन्न पाइन्छ । आज कालीमाटी बजारमा रातो आलु लाम्चोको भाउ बढेको छ । हिजो आइतबार प्रतिकिलो थोकमा न्यूनतम २८ देखि अधिकतम ३४ र औसत ३० रुपैयाँमा किनबेच भएको थियो ।

आज भने उक्त आलु प्रतिकिलो थोकमा न्यूनतम ३० देखि अधिकतम ३५ र औसत ३२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै आज रातो आलु गोलो प्रतिकिलो थोकमा न्यूनतम २६ देखि अधिकतम २८ रुपैयाँ  र औसत २७ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र