आन्तरिक हवाई यात्रुको संख्या घट्यो

काठमाडौँ, ११ जेठ । हवाई इन्धनको मूल्यवृद्धि र सोही कारण टिकटको भाउ बढ्दा आन्तरिक उडानमा यात्रुको संख्या घटेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रिल २०२६ मा कुल आन्तरिक हवाई यात्रु संख्या ३ लाख १७ हजार ९ सय ५४ छ । अघिल्लो महिना मार्चमा आन्तरिक उडानका यात्रु संख्या ३ लाख ३५ हजार ६ज सय ८३ थियो ।

वायुसेवा कम्पनीहरूका अनुसार इन्धन मूल्य बढेपछि हवाई भाडा महँगिदा त्यसको असर यात्रु संख्यामा देखिएको हो ।

विमानस्थल कार्यालयका अनुसार अप्रिलमा १ लाख ६० हजार ६ सय १ आन्तरिक उडानका यात्रु  काठमाडौँबाट प्रस्थान गरेका छन् ।  १ लाख ५७ हजार ३ सय ५३ यात्रु काठमाडौँ भित्रिएका छन् ।

यस महिना कुल ४ हजार २ सय ७२ आन्तरिक उडान र ४ हजार २ सय ७० अवतरण भएको तथ्यांक छ । आन्तरिक उडानतर्फ बुद्ध एयरले एक महिनामा १ लाख ७२ हजार ८ सय ७६ यात्रुलाई सेवा दिएको छ । यती एयरलाइन्सले ७१ हजार २७ यात्रुलाई सेवा दिएको छ । तेस्रो स्थानमा रहेको श्री एयरलाइन्सले ५३ हजार ५ सय २१ यात्रुलाई सेवा दिएको कार्यालयको तथ्यांक छ ।

त्यस्तै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले भने एक महिनामा मात्र १ हजार १ सय  ४८ यात्रुलाई सेवा दिएको छ । समिट एयरले ५ हजार ६३ यात्रु बोकेको तथ्यांक छ । तारा एयरले ३ हजार ६ज सय ९१ र सीता एयरले २ हजार ६ज सय ४६ यात्रुलाई सेवा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate