खैरो हेरोइनसहित एक युवक पक्राउ

काठमाडौँ, ११ जेठ । झापाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ । जाँचका क्रममा काँक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कमलामाई नगरपालिका-९ भिमानस्थित बीपी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा काक्रोमा लागुऔषध लुकाई ल्याएको खैरो हीरोइन सहित सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठ पक्राउ परेका हुन ।

बा ४ ख ५५०० नम्बरको हायसमा सवार श्रेष्ठले बोकेको रातो रङको झोलाभित्र शंकास्पद लागेर चेक गर्दा काक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा खैरो हेरोइन ल्याएको प्रहरीले जनाएको छ । बरामद गरिएको पदार्थ प्रारम्भिक परीक्षणका क्रममा खैरो हेरोइन जस्तो देखिएको र मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकबाहेक शुद्ध तौल १०० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीको भनाइ छ । लागुऔषध तस्करीमा नयाँ शैली अपनाउँदै दैनिक उपभोग्य वस्तुभित्र लुकाएर ओसारपसार गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरीको भनाई छ ।

घटनापछि श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । आइतबार सिन्धुली जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब