सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला

काठमाडौँ, ११ जेठ । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरी बलको टोलीले एकजनाको शव निकालेको छ ।

भारत घर भई पोखरा–१७, घारीपाटनमा बस्दै आएका अन्दाजी ३४ वर्षीय मुकेश महतो आइतबार (जेठ १०) राति उक्त नदीमा हाम फाली बेपत्ता भएका थिए । उनको खोजीमा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट राति नै टोली खटिएको थियो । तर, फेला नपरेपछि टोली फर्किएको थियो ।

आज बिहान पुनः विपद् व्यवस्थापन तालिमप्राप्तसहितको टोली खटिएको थियो । उक्त टोलीले २५० फिट तल सेतीको खोचबाट उनको शव बाहिर निकालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र