नेपाली कांग्रेसले खटायो सातै प्रदेशमा कमाण्डर

काठमाडौँ, ११ जेठ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई तीव्रता दिएको छ ।

आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’को बैठकले सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई सहज तथा द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी सुम्पेको छ । 

महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षता र सभापति गगनकुमार थापाको उपस्थितिमा बसेको बैठकले कोशी प्रदेशमा डा. डिला संग्रौला, मधेशमा देवराज चालिसे, बागमतीमा बहादुर सिंह लामा र गण्डकीमा मुक्ताकुमारी यादवलाई अनुगमनको जिम्मेवारी तोकेको छ । त्यसैगरी, लुम्बिनी प्रदेशको कमाण्ड अमरसिंह पुन, कर्णालीको जानकी सिंह र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी उदय शमशेर राणालाई दिइएको छ । तोकिएका प्रतिनिधिहरूले प्रदेशका सबै संगठनात्मक संरचनाहरूको प्रयोग गरी सदस्यता अद्यावधिक कार्यको प्रभावकारी अनुगमन गर्नेछन् ।

बैठकले नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गरिसक्नुपर्ने अन्तिम समयसीमा जेठ २१ गतेसम्मका लागि तय गरेको छ । १४औँ महाधिवेशनका क्रममा छानबिन समितिले आधिकारिकता दिएका सदस्यहरूलाई पुरानो सदस्यता मानेर नवीकरण प्रक्रियामा सामेल गराउन जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णयसमेत भएको छ ।

यस्तै, विभिन्न राजनीतिक दल त्याग गरी नेपाली कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धमा देखिएका समस्या समाधान गर्न १३ वटा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । जसअन्तर्गत बारामा डा. गोपाल दहित, सिराहामा आङ्गेलु शेर्पा, धनुषामा अब्दुल सत्तार, सप्तरीमा राजीव ढुंगाना र काठमाडौँमा ईश्वर अधिकारीलगायतलाई खटाइएको छ ।

बैठकले विदेशस्थित जनसम्पर्क समितिहरूको हकमा पनि सदस्यता अद्यावधिक र अधिवेशनको समय तालिका बुझाउन निर्देशन दिएको छ । अधिवेशन सम्पन्न भइसकेका ७ देशका जनसम्पर्क समितिलाई अद्यावधिक प्रक्रिया सुरु गर्न अनुमति दिइएको छ भने समस्या देखिएका ८ देशका समितिको हकमा अध्ययन र समन्वय गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।