विपन्नको उपचारलाई ५० करोड निकासा

काठमाडौँ, १३ फागुन । सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ ।

माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ विपन्न नागरिकहरुलाई औषधि उपचार सेवा दिएवापत सूचीकृत सेवाप्रदायक अस्पातालहरुलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अघिल्लो निर्णयमा सम्झौता भइसकेका र हाल सम्झौता भएका मेडिकल कलेज , सरकारी अस्पताल र गैरसरकारी अस्पतालहरुलाई शोधभर्ना मागअनुसारको अनुदान रकम भुक्तानी गरेको हो ।

सरकारले मुटुरोग, मृगौतारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया रोग लागेका नागरिकलाई औषधि उपचारका लागि अनुदान दिँदै आएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन