काठमाडौँ, १४ माघ । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





