खर्च गर्न नसके, बजेट ‘सरेन्डर’

काठमाडौँ, २४ पौष । आर्थिक वर्ष आधा सकिन लाग्दा पनि आशाअनुरुप बजेट खर्च हुन नसकेपछि सरकारले सम्बन्धित मन्त्रालय तथा आयोजनालाई बजेट ‘सरेन्डर’ गराउने तयारी गरेको छ ।

फागुन मसान्तसम्ममा ५० प्रतिशत बजेट खर्च गर्ननसक्ने विकासे मन्त्रालय र आयोजनाहरुलाई अर्थमन्त्रालयले बजेट ‘सरेन्डर’ गर्न तयार रहन अर्थमन्त्रीले जानकारी गराएका छन् ।

प्रधानमन्त्री स्वयंले अनिवार्य रुपमा फागुनसम्म ५० प्रतिशत खर्च गरिसक्न निर्देशन दिएकोले सोही अनुरुप अर्थमन्त्री डा युवराज खतिवडाले पनि निर्देशन दिएको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रीले सबै अर्थमन्त्रालयका सचिव विभिन्न आयोजनाका प्रमुखलाई राखेर विनियोजन भएको बजेट फागुनसम्म खर्च नभए वा गर्न नसक्ने भए बजेट‘सरेन्डर’ को लागि तयार हुन निर्देशन दिएका छन् । यो समाचार आजको  कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन